कोभिड युनिफाइड केन्द्रीय अस्पतालको प्रमुखबाट हटाइए जागेश्वर गौतम

हेल्थपोस्ट नेपाल

सरकारले डा जागेश्वर गौतमलाई कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) को प्रमुख प्रशासकीय पदबाट हटाएको छ।

स्वास्थ्य मन्त्रालयले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै गौतमलाई हटाएको हो।

डा गौतमलाई गत जेठ १० गते प्रमुख प्रशासकीय अधिकारीमा नियुक्त गरिएको थियो।

उनको ठाउँमा ट्रमा सेन्टरका डा रुद्र मरासिनीलाई ल्याइएको छ।

मरासिनीले भने हालसम्म आफूले नियुक्तिपत्र नपाएको जानकारी दिएका छन्।

विवादमा मुछिएको भन्दै उनलाई हटाइएको हो।

नियुक्त भएदेखि नै उपकरण खरिद सेटिङमा मुछिएको भन्दै उनी विवादमा आएका थिए। उनलाई साविककै प्रसुती तथा स्त्रीरोग अस्पताल थापाथलीमा सरुवा गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *