जेष्ठ नागरिकले ‘कोभिसिल्ड’ खोपको दोस्रो मात्रा दुई साताभित्र पाउने

हेल्थपोस्ट नेपाल

कोरोना विरुद्धको खोप कोभिशिल्डको पहिलो मात्रा लगाएका ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकहरुले अबको १७ दिनभित्र दोस्रो मात्रा खोप पाउने भएका छन्।

मन्त्रालयमा भएको पत्रकार सम्मेलनमा राज्यमन्त्री उमेश श्रेष्ठले एक सय दिनको योजना सुनाउँदै दुई साता भित्रमा जापानको एटाजेनिका कम्पनीको खोप आउने दाबी गरेका छन्।

‘जापानबाट एष्ट्रेजेनेकाको खोप २ साताभित्र आउने छ। खोप आएको ३ दिनभित्र दोस्रो मात्रा लगाउन बाँकी सबै ज्येष्ठ नागरिकलाई दोस्रो मात्रा लगाइने छ,’ मन्त्री श्रेष्ठले भने।

पहिलो मात्रा कोल्भिसिल्ड खोप लगाएका १३ लाख ४८ हजार व्यक्तिलाई दोस्रो मात्रा दिन बाँकी छ।

उनका अनुसार अहिले टेकुको खोप स्टोरमा ३ लाख ५० हजार र सातै प्रदेशमा १३ लाख स्टोर रहेको छ । ‘सातै प्रदेशमा हाल १८ लाख खोप मौज्दात रहेको छ,’ उनले भने।

यसैगरी , मोर्डना ४० लाख, जोनसोन एन्ड जोन सोन ५० लाख, फमइजर ६० लाख र एटाजेनिका ५० गरी १ करोड ४० लाख खोप खरिद प्रक्रिया अगाडी बढाइएको उनले जानकारी दिए ।

असोज मसान्तसम्ममा एक तिहाइलाई खोप दिइने उनले जानकारी दिए ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *