डा. जागेश्वर गौतमको सरूवाको माग गर्दै वीरका स्वास्थ्यकर्मी आन्दोलनमा उत्रिए
वीर अस्पतालका स्वास्थ्यकर्मी धर्नामा बसेका छन ।
८ महिनादेखि रोकिएको सेवा–सुविधाको माग गर्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन्।
कोभिड युनिफाइड केन्द्रीय अस्पताल (वीर) का प्रमुख कार्यकारी अधिकारी डा. जागेश्वर गौतमको कार्यकक्षमा भत्ता माग्न पुगेका स्वास्थ्यकर्मी माथि हिजाे (आइतबार) प्रहरीले बल प्रयोग गरेपछि उनीहरूले फेरि आज धर्ना सुरु गरेका हुन्।
डा. गौतमले प्रहरी बोलाएर आफ्नै कर्मचारी कुटाएको आरोप लगाउँदै उनीहरू अस्पतालमा आउन रोक्क लगाउने भन्दै धर्नामा बसेका हुन्।
केही स्वास्थ्यकर्मीले डा. गौतमको सरूवाको माग पनि गरेका छन्।
आठ महिनादेखि रोकिएको सेवा विस्तार भत्ता, औषधि उपचार भत्ता, कोभिड–१९ जोखिम भत्ता नपाएको कर्मचारीहरुले गुनासो छ।