भेरोसेल खोपको दोस्रो मात्रा यही साताबाट, विद्युर्तीय दर्ता नम्बर अनिवार्य

हेल्थपोस्ट नेपाल

स्वास्थ्य कार्यालय काठमाडौँले कोरोना विरुद्धको दोस्रो डोज ( भेरोसेल) खोप यसै साता देखि सुरू गर्ने भएको छ।

कार्यालयका प्रमुख बद्रीबहादुर खड्काले एक महिना अघि भेरोसेलको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन लागिएको हो।

तर दोस्रो मात्रा खोप लिनका लागि विद्युर्तीय दर्ता नम्बर र पहिलो मात्रा खोप लगाएको कार्ड अनिवार्य रुपमा लिई आउनुपर्ने उनले जानकारी दिए।

‘पहिलो मात्रा लगाएको २१ दिन पुरा भएकाले दोस्रो मात्रा लिन सक्छन्,’ खड्काले भने, ‘ यसै साता लगाउने तयारीमा छौं। केही दिनपछि मिति र स्थान तोक्छौं।’

खोप विवरणलाई व्यवस्थित गर्न सरकारले विद्युतीय दर्तालाई अनिवार्य गरिएको उनको भनाई छ।

उनका अनुसार ५५ बर्षमाथिका र अन्य फन्टलाइनर गरी करिब १ लाख ६० हजारले पहिलो मात्रा लगाएका छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *