अब विद्युतीय दर्ता नम्बर देखाएर मात्रै खोप लगाउन पाइने
काठमाडौंमा १८ वर्ष देखि ५० वर्ष उमेर समूहका नागरिकहरुले विद्युतीय दर्ता नम्बर भएमात्रै कोरोनाभाइरस ९कोभिड—१९० बिरुद्धको खोप लगाउँन पाउने भएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार खोप लगाउनका लागि अब vaccine.mohp.gov.np मा गएर फारम भर्नुपर्ने हुन्छ । स्वास्थ्य मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य कार्यालय काठमाडौंले १८ वर्ष देखि ५० वर्षका नागरिकले विद्युतीय दर्ता नम्बर लिएर खोप केन्द्रमा गएको खण्डमा मात्रै खोप लगाउन पाइने प्रमुख बद्रि खड्काले बताए।
५० वर्ष माथिका नागरिकले पनि अनलाइन दर्ता गरी खोप लगाउँन खोप केन्द्रमा पुग्न जिल्ला जनस्वास्थ्य कार्यालयका अनुरोध गरेको छ । जनस्वास्थ्य कार्यालयले सबै पालिका र वडाका नागरिकलाई यस बारे जानकारी गराउन आग्रह गरेको छ ।