स्वास्थ्य मन्त्रालयको अस्पताललाई निर्देशन– खोप लगाएको प्रमाणपत्र दिँदा कुनै शुल्क नलिनू
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र दिँदा कुनैपनि प्रकारको शुल्क नलिन सम्बन्धित अस्पतालहरूलाई निर्देशन दिएको छ ।
मन्त्रालयले आइतबार एक सूचना जारी गरी खोप लगाएको प्रमाणीकरण कार्य निःशुल्क गर्न निर्देशन दिएको हो। वैदेशिक रोजगारी एवं अन्य कामका लागि अन्तर्राष्ट्रिय यात्रा गर्नुपर्ने नागरिकका लागि सरकारले खोप लगाएको प्रमाण पत्र जारी गर्दै आएको छ।
सरकारले निस्शुल्क गर्ने भनिएको खोप प्रमाणीकरण प्रक्रियामा तोकिएका केही अस्पतालहरूले शुल्क लिएको पाइएपछि मन्त्रालयले कुनै प्रकारको अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।
खोप प्रमाणीकरण निशुल्क गरिने निर्णय मन्त्रालयबाट गत साउन ७ गते नै भइसकेको छ । खोप लगाएको प्रमाणपत्र ९भ्याक्सिन सर्टिफिकेट० प्रमाणित गर्न सरकाले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती कर्मचारी अस्पताललाई ताकेको छ ।