सरकारी स्वास्थ्य सेवाबाट ४१ वर्षपछि अवकाश

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले आइतबारदेखि सरकारी सेवाबाट अवकास पाएका छन्।

श्रेष्ठ आजदेखि ६० टेके। उमेरका आधारमा सरकारी सेवाबाट उनले अनिवार्य अवकास  पाएका छन्।

१२औं तहबाट आजबाट अनिवार्य अवकास पाएका श्रेष्ठलाई मन्त्रालयले सम्मान गर्दै बिदाइ गरेको छ।

श्रेष्ठ २०३७ सालमा अस्थायी रुपमा स्वास्थ्य सेवामा प्रवेश गरेका थिए। ४१ वर्ष १ महिना २४ दिन सरकारी सेवा गरेर बिताएका छन्। यस अवधिमा श्रेष्ठले स्वास्थ्य सेवा विभागकाे महानिर्देशक तथा मन्त्रालयकाे प्रवक्ताको रूपमा काम गरिसकेका छन्।

बिदाई समारोहमा उनले सेवा अवधिमा धेरै कुरा सिक्न र जान्ने अवसर मिलेको बताए।

‘आजबाट सरकारी सेवाबाट अवकास प्राप्त गरेको छु। ४१ बर्षको सरकारी यात्रा आजबाट टुगिंएको छ,’ श्रेष्ठले  भने, ‘अहिलेसम्म गरेको सरकारी सेवाबाट खुसी मिलेको छ।’

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *