थपिए २५६८ कोरोना संक्रमित, १८ को मृत्यु

हेल्थपोस्ट नेपाल

२४ घण्टामा देशभर २५६८ कोरोना संक्रमति थपिएका छन्।

पिसिआर विधिबाट ८४०२ र एन्टिजेन विधिबाट ४२३४ गरी जम्मा १२,६३६ जनामा कोरोना परीक्षण गर्दा २५ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार १८ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ९,८७५ जनाको मृत्यु भएको छ।

आज निको हुनेको संख्या २,०२० रहेको छ। योसंगै देशभर निको हुनेको संख्या ६ लाख ५६ हजार एक सय ९७ रहेको छ।

त्यस्तै, कोरोनाका कारण काडमाडौंमा ५९४, भक्तपुरमा ९१ र ललितपुरमा १६६ जना गरी उपत्यका भरि ८५१ संक्रमित भएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *