कोभिड–१९ महामारीका बेला सुरक्षित स्तनपान कसरी गराउने ?

हेल्थपोस्ट नेपाल

यदि स्तनपान गराइहेकी आमामा कोभिड–१९ संक्रमण भएको शंका लागेको छ वा पुष्टि भएको छ भने जनस्वास्थ्यको मापदण्ड अपनाएर स्तनपानलाई निरन्तरता दिनुपर्दछ।

शिशुको सम्पर्कमा आउनु अगाडी हरेक पटक आमाले साबुनपानीले कम्तीमा २० सेकेन्ड मिचिमिची हात धुने वा अल्कोहलयुक्त स्यानिटाइजर प्रयोग गर्ने
आमाले स्तनपान गराउँदा वा शिशुको सम्पर्कमा आउँद माक्स लगाउने

आमाले खोक्दा वा हाँच्छयूँ गर्दा कपडा वा टिस्यु पेपरले नाक, मुख छोप्ने र तुरून्तै साबुनपानीले हात धुने र त्यसपश्चात स्तन धोएर मात्र शिशुलाई स्तनपान गराउने
यदि स्तनपान गराइहेकी आमाको अवस्था गम्भीर छ भने शिशुसँगको प्रत्यक्ष सम्पर्कबाट टाढा रहने र शिशुलाई स्तनपान नगराउने तर दुध निचोरेर सफा भाँडामा राखी चम्चा वा कप खुवाउने

संक्रमित आमाको सम्पर्कमा आएका भुईं, सतह तथा सामानहरूलाई निसंक्रमण गर्ने र घर वरपरको वातावरण पनि सफा गर्ने

चिन्ता र तनावले दुध उत्पादन हुने प्रक्रियामा असर गर्ने हुनाले स्तनपान गराइरहेकी आमा चिन्ता र तनावरहित रहने

महामारीको बेलामा बालबालिकालाई स्तनपान गराउन सहज वातावरण बनाई आमालाई स्तनपान गराउन प्रोत्साहन गरौं।

स्वास्थ्य मन्त्रालय



Leave a Reply

Your email address will not be published. Required fields are marked *