स्वास्थ्य सचिव लक्ष्मण अर्यालको सरूवा
स्वास्थ्य मन्त्रालयका प्रशासन तर्फका सचिव लक्ष्मण अर्याललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा सरुवा भएको छ ।
२०७७ जेठ १८ देखि स्वास्थ्य मन्त्रालयमा कार्यरत अर्याल यसबीचमा पटकपटक विवादमा आएका थिए।
स्वास्थ्यमा बस्दा विभिन्न विवादास्पद छवि बनाएका अर्याललाई सरकारले प्रधानमन्त्री कार्यालय तानेको हो ।
केन्द्रीय कमाण्ड अस्पताल (वीर)का लागि खरिद प्रक्रियामा सचिव अर्याल नाम जोडिएको थियो।
त्यसैगरी, उनले मन्त्रालयको प्राविधिक सचिव बनाउन नदिन चलखेल गरेको आरोप लागेको थियो।
नयाँ सरकार गठनसँगै साउन ४ गते प्राविधिक तर्फका चिकित्सक डा. रोशन पोखरेललाई सचिव बढुवा गरिएको थियो।
बढुवापछि पनि पोखरेल जिम्मेवारीविहीनजस्तै बनेका थिए।
स्वास्थ्यमा रहँदा चिकित्सकहरुलाई पेलेको र उच्च परफरमेन्स गर्न नसकेको भन्दै मन्त्रालयका चिकित्सकहरुले अर्याललाई अन्यत्रै सरुवा गर्न दवाव दिँदै आएका थिए।
लौ अब त GHSC-PSM प्रोजेक्ट र Elmis को त बिजोग हुने भयो त । अर्याल जी ले आफ्नो ब्याचमेट बद्रिनाथ जनवलीलाई INGO को जागिर खुवाउनु भयो, स्वास्थ्य सुचना प्रणाली बरु जे सुकै होस् भनेर व्यवस्थापन महाशाखा लाई दवाव दिई दिई जबरजस्ती बद्री जी लाई अघि सारेर ELMIS को भाडभैलो गराउनुभयो; अन्त्यमा आफै सरुवा हुनु परेछ । हुन त रोलआउट गर्ने नाममा सबै प्रदेशमा दवावको भरमा ‘लुटको धन फुपुको श्राध्द’ गरेरै ओम्नी बनाईसकियो होला ।