वीर र टेकुमा लक्षित समूह बाहिर खोप गएपछि कार्यक्रम नै स्थगित

हेल्थपोस्ट नेपाल

लक्षित समूहभन्दा बाहिरका व्यक्तिले खोप लगाएको भन्दै स्वास्थ्य कार्यालय काठमाडौंले केही अस्पतालमा पहिलो मात्राको खोप कार्यक्रम स्थगित गरेको छ।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल (टेकु), वीर अस्पतालमा लक्षित समूहभन्दा बाहेकका व्यक्तिले खोप लगाउन आएको र भीड नियन्त्रण गर्न कठिन भएको भन्दै केही समयका लागि खोप कार्यक्रम स्थगित गरेको कार्यलय प्रमुख बद्री खड्काले जानकारी दिए।

‘केही अस्पतालमा लक्षित समूहभन्दा बाहिर गएर खोप लगाएको पाइयो। त्यसका साथै भीड नियन्त्रण गर्न कठिन भयो,’ खड्काले भने, ‘ वीर र टेकुमा कोरोना बिरामीको उपचार गर्ने चाप बढेकाले खोप कार्यक्रम स्थगित गरेका हौं।’

तर, ६ वटा खोप केन्द्रबाट अत्यावश्यक सेवामा कार्यरत व्यक्तिहरुलाई खोप लगाइने उनले बताए। जसका लागि प्रसुती गृह अस्पताल, काठमाडौं मेडिकल कलेज सिनामंगल, निजामती कर्मचारी अस्पताल, शिक्षण अस्पताल, राधाश्वामी आइसोलेसन सेन्टर, सशस्त्र प्रहरी अस्पताल बलम्बु तोकिएका छन्।

महानगरपालिकाका ३२ वडाको खोप केन्द्र र अरु १० वटा नगरपालिकाका खोप केन्द्रहरुमा भेरोसेल पहिलो मात्रा लगाउने कार्यक्रम भने यथावत रूपमा चल्ने उनले बताए।



Leave a Reply

Your email address will not be published. Required fields are marked *