शनिबार २३ जनाको मृत्यु, थपिए तीन हजार १०६ सक्रिय संक्रमित

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा तीन हजार १०६ कोरोना संक्रमित थपिएका छन्।

देशभर गरिएको १३ हजार ५१९ वटा नमुना परीक्षण गर्दा देशभर तीन हजार १०६ जनामा संक्रमण देखिएको हो।

काठमाडौं उपत्यकामा मात्रै ७७५ संक्रमित थपिएका हुन्। जसमध्ये काठमाडौंमा ५१७ छन्। यस्तै ललितपुरमा १६४ र भक्तपुरमा ९४ संक्रमित थपिएका हुन्।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९५ हजार ३८९ पुगेको छ।

गत २४ घण्टामा १ हजार ९१६ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५४ हजार १७७ पुगेको छ।

उक्त अवधिमा २३ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८५७ पुगेको छ।

शनिबार देशभर ३१ हजार ३५५ सक्रिय संक्रमित छन्। जसमध्ये २८ हजार २५४ होम र ३ हजार १०१ संस्थागत आइसोलेसनमा छन्।

आज देशभर १६६ भेन्टिलेटर सहित ७०६ जना आइसियूमा उपचारत छन्।

मन्त्रालयको तथ्यांक अनुसार देशभर ३८० जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *