खोप सरकारको पहिलो प्राथमिकता : विमलेन्द्र निधि

हेल्थपोस्ट नेपाल

नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले हरेक नेपाली नागरिकलाई खोप उपलब्ध गराउने सरकारको पहिलो प्राथमिकता रहेको बताएका छन्।

काठमाडौंको त्रिपुरेश्वरमा नवरत्न आयुर्वेद हेल्थकेयर एण्ड रिसर्च सेन्टरको शनिबार उद्घाटन गर्दै निधिले कोरोना महामारी नियन्त्रणका लागि सरकारले सबैभन्दा बढी प्राथमिकता खोपलाई दिएको जिकिर गरे।

‘कोरोना महामारीको कुप्रभावबाट नेपाल पनि जोगिनसकेको छैन,’ उनले भने, ‘यसबाट नागरिकको ज्यान कसरी जोगाउन सकिन्छ, हरेका नागरिकलाई कसरी खोप दिने सरकारको प्राथमिकतामा छ।’

विज्ञहरूले तेस्रो लहर आउनसक्ने तर्फ सचेत गराइरहेको बताउँदै उनले त्यसबाट जोगिन सरकारले सम्पूर्ण शक्ति लगाइरहेको उल्लेख गरेका छन्।

कोरोनाका कारण जीवन नै संकटमा परिसकेको बेला स्वास्थ्य नीति र जीवन रक्षा नीतिलाई प्राथमिकता दिएर काम गर्न उनले सरकारसँग आग्रह गरे।

उपसभापति निधिले कोरोना नियन्त्रण र रोकथामका लागि आयुर्वेद पद्धतिले पनि महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।



Leave a Reply

Your email address will not be published. Required fields are marked *