खोप लुकाउने खड्कालाई कारबाहीको माग गर्दै बिर्तामोड नगरपालिकामा विद्यार्थीले लगाए ताल्चा

हेल्थपोस्ट नेपाल

 

 

आक्रोसित विद्यार्थी र स्थानीयले झापाको बिर्तामोड नगरपालिकामा तालाबन्दी गरेका छन्। १०३ भाइल खोप लुकाउने नगरपालिकाका कोभिड फोकल पर्सन ओम खड्कालाई कारबाहीको माग गर्दै केहीबेरअघि तालाबन्दी गरिएको हो।

नेपाल विद्यार्थी संघ जिल्ला समिति झापा र अखिल क्रान्तिकारी झापाले संयुक्त रुपमा तालाबन्दी गरेका हुन्। उनीहरूलाई स्थानीय र सरोकारवालाले साथ दिएका छन्। खड्काले कोरोनाविरुद्धको खोपमा कालोबजारी गरेको भन्दै स्थानीय र विद्यार्थी आन्दोलित भएका हुन्। जबसम्म खड्कासहित जनस्वास्थ्यका कर्मचारीलाई कारबाही गरिन्न तबसम्म आन्दोलन जारी रहने उनीहरूले बताएका छन्।

नेपाल विद्यार्थी संघ झापाका सचिव पोसराज कट्वालकाअनुसार अखिल क्रान्तिकारी झापा र नेविसंघबीच संघर्षका कार्यक्रमलाई निरन्तरता दिने सहमति भएको छ।

नेविसंघ, तरुण दल र अखिल क्रान्तिकारीका कार्यकर्ताले बिर्तामोड नगरपालिकाका कोभिड फोकल पर्सन खड्कालाई कोरोनाविरुद्धको भेरोसेल खोपसहित बिर्तामोडको टाइमलेस होटलबाट शुक्रबार नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको थियो। शुक्रबार नै प्रहरीले छाडेपछि उनीहरूले नगरपालिकामा तालाबन्दी गरेका हुन्।

विद्यार्थीले नगरपालिकामा तालाबन्दी गर्नुका साथै नेविसंघ झापा सभापति राजेन्द्र उप्रेती र अखिल क्रान्तिकारीका झापा अध्यक्ष अनिल सुवेदीले हस्ताक्षर गरेको विज्ञप्ति पनि गेटमा टाँसेका छन्।

No description available.


Leave a Reply

Your email address will not be published. Required fields are marked *