यस्ता छन् तेस्रो लहरसँग जुध्न स्वास्थ्य मन्त्रालयको योजना

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तेस्रो लहरसँग जुध्नका लागि हाइ डिपेन्डेसी युनिट (एचडियू) बेड थप गर्न लगाएको जनाएको छ।

मन्त्रालयका डा. कृष्ण प्रसाद पौडेलका अनुसार हाल देशभर सरकारीमा २०७५ र निजीमा ७७८ एचडियू बेड छन्।

तेस्रो लहरलाई मध्यनजर गर्दै १ हजार ४ सय एचडियू बेड थप गर्न लागेको हो।

त्यसैगरी, हाल ९०४ भेन्टिलेटर छन्। थप १८० थप्ने क्रममा रहेको मन्त्रालयले जनाएको छ।

डा. पौडेललका अनुसार बालबालिका १८० भेन्टिलेटर सहित २५० आइसियू बेड थप गर्ने लागिएको छ।

त्यसैगरी, अक्सिजन आपूर्तिका सहज गर्न सघन कार्यहरू मार्फत ५ हजार ५ सय अक्सिजन कन्सट्रेटर ल्याइसकेको छ। थप ३ हजार ५ सय आउने क्रममा छ।
मन्त्रालयको अनुसार ६ हजार ३ सय ७७ अक्सिजन सिलिण्डर थप गरिएको छ।

यसका लागि अतिरिक्त १९ अक्सिजन प्लान्ट, २७ अक्सिजन टयांक थप गर्ने योजनामा भएको डा. पौडेलले जानकारी दिए।

‘सम्भावित तेस्रो लहर रोक्न र त्यसबाट हुन सक्ने क्षति कम गर्न सबैको सामूहिक प्रयास र हाम्रा गतिविधिहरूमा जनस्वास्थ्यको मापदण्डको पालना मह्त्वपूर्ण हुन्छ,’ डा.पौडेलले भने, ‘ तेस्रो लहर आउन नदिन सबैको साथ आवश्यक छ।’

९७ लाख ८२ हजार डोज खोप आयो,

नेपालमा कोरोना भाइरसविरूद्धको खोप ९७ लाख ८२ हजार प्राप्त भएको छ।

प्रत्येक नेपालीलाई कोभिडविरुद्धको खोप लगाउन सरकारले यस अघि नै खोप खरिदका लागि ४८ अर्ब बजेट सुनिश्चित गरिसकेकोले थप खोप खरिद प्रक्रियासमेत गरिसकेको छ।

यस वर्ष भित्र सबै नेपालीमा खोप लगाइने गरी थप खोप ल्याउने प्रक्रिया सुरू गरेको मन्त्रालयले जनाएको छ।

भारतको द सिरम इन्ष्टिच्युटबाट खरिद गरेको २० लाख डोजमध्ये १० लाख मात्र आएको र बाँकी १० लाख तत्काल आउने क्रममा छ ।

हालसम्म नेपालमा भेरोसेल चीनबाट खरिद भएको १८ लाख डोज चीनबाट खरिद भएको ४० लाख कोभिसिल्डः कोभ्यास सुविधाअन्तर्गत तीन लाख ४८ हजार डोज भारतबाट खरिद ११ लाख डोज भारतको द सिरम इन्टच्युटबाट खरिद गरेको १० लाख (१० लाख आउने क्रममा) जोनसोन एण्ड जोनसोन–१५ लाख ३४ हजार जम्मा ९७ लाख ८२ हजार डोज खोप नेपालमा आइसकेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *