महामारीमा खटिने फ्रन्टलाइनरलाई बारबरा फाउण्डेशनले सम्मान गर्ने, यि हुन् संस्था र कर्मचारी

हेल्थपोस्ट नेपाल
फाइल फोटो

कोरोना महामारीमा फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगीसहित ८० जना तथा ७ वटा संस्थालाई बारबरा फाउन्डेशनले विशेष सम्मान प्रदान गर्ने भएको छ ।

शुक्रबार विज्ञप्ति जारी गर्दै फ्रन्टलाइनमा खटिने स्वास्थ्यकर्मी, व्यवस्थापक र सहयोगी र संस्थाहरुलाई शनिबार सम्मान गर्न लागेको फाउन्डेशनले जनाएको छ ।

 

फाउन्डेशनले संस्थागत विधातर्फ भारतपुर अस्पताल, पाटन अस्पताल, नेपाल प्रहरी अस्पताल, एपिएफ अस्पताल, नेपाली सेना मृत शरीर व्यवस्थापन समूह, हामी नेपाल र नेपाल एम्बुलेन्स सेवा सहित सातवटा संस्था रहेको फाउन्डेशनका अध्यक्ष डा. सन्दुक रुइतका जानकारी दिए।

यस्तै, फाउन्डेशनले २० जना चिकित्सकलाई जनही नगद २ लाख ५० हजार रुपैयाँसहित सम्मान प्रदान गर्ने जनाएको छ भने २७ जना नर्सलाई १ लाख ५० हजार नगद रुपैयाँसहित सम्मान गर्ने भएको छ ।

यसका साथै ल्याब–प्यारा मेडिकललगायत विभिन्न क्षेत्रबाट उत्कृष्ट योगदान गर्ने ९ जना मेडिकल सर्पोट कर्मचारीलाई जनही १ लाख रुपैयाँले सम्मान गरिने फाउन्डेशनले जनाएको छ।

 

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *