शुक्रबार ३१ हजार १४ सक्रिय संक्रमित, २७ को निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ३ हजार ६११ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार १४ हजार ६६१ नमुना परीक्षणमा ३ हजार ६११ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा १ हजार ८१६ संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा ६ लाख ५२ हजार २६१ जना संक्रमणमुक्त भएका छन्।

शुक्रबार ३१ हजार १४ सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घन्टामा कोरोनाबाट २७ संक्रमितको मृत्यु भएको छ।

यो सँगै देशभर कोरोनाबाट ९ हजार ८३४ को मृत्यु भइसकेको छ।

आज ३९० क्वारेन्टाइनमा छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *