एउटै परिवार सवार कार कर्णालीमा खस्यो, श्रीमान–श्रीमति बेपत्ता

हेल्थपोस्ट नेपाल

 

एउटै परिवारका पाँच जना सदस्य सवार रहेको स्कारपियो कैलालीको कर्णाली नदीमा खस्दा २ जना गम्भिर घाईते भएका छन्। दुई जना गम्भिर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पाँच जना सवार रहेको स्कारपियो नदीमा खस्दा २ जना बेपत्ता भएका हुन् । कैलालीको चिसपानी देखी सोल्टा जाने क्रममा मोहन्याल गाउँपालिका–७ मा स्कारपियो दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबक्ता प्रहरी नायव निरिक्षक प्रतिक विष्टले बताए ।

उनका अनुसार स्कारपियोको नम्बर खुलेको छैन । स्कारपियो ब्याक गर्ने वेला दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी बेपत्ता हुनेमा डोटीको आदर्श गाउँपालिका बस्ने सवारी चालक चन्दप्रकाश जोशी उनकी श्रीमति रुपि जोशी रहेका छन्।

यसैगरी, चालक जोशीका छोरा अन्दाजी ३/४ बर्षे भुवन जोशी र ४/५ बर्षकी छोरी सविता जोशी गम्भिर घाइते भएका प्रहरी प्रबक्ता विष्टले बताए। दुर्घटनामा परी अन्दाजी १२ बर्षकी लक्ष्मी जोशी सामान्य घाइते भएकि छिन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *