अध्ययन भन्छ – डेल्टा भेरियन्ट ‘ठेउला’ जसरी छिटो फैलिन सक्छ, खोप लगाएकाले पनि मास्क अनिवार्य
कोरोना भाइरसको डेल्टा भेरियन्टले निकै गम्भीर विरामी पार्ने तथा चिकेनपक्स (ठेउला) जतिकै छिटो फैलन सक्ने एक अध्ययनले देखाएको छ।
अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले निकालेको भित्री डकुमेन्टका अनुसार पूर्ण मात्रामा खोप लगाएका व्यक्तिहरुले पनि खोप नलगाएका व्यक्तिहरुले जतिकै भाइरस फैलाउन सक्दछ।
तर, उक्त रिर्पोट आधिकारिक रूपमा सार्वजानिक भएको छैन।
सीडीसीका निर्देशक डा. रोचेल वालनेस्कीले रिपोर्ट प्रमाणित नै भएको बताएकी छिन्। यो रिपोर्टबारे वासिङटन पोस्टम पहिलोपटक समाचार प्रकाशन भएको थियो।
‘कोरोनाको डेल्टा भरियन्ट ठेउला जतिकै सर्न फैलिन सक्छ। कोरोना संक्रमण धेरै भएको ठाउँमा खोप लगाएका व्यक्तिहरुले पनि घर भित्र मास्क लगाउन आवश्यक हुन्छ,’ उनले भनिन्।
सुरुको कोरोना भाइरसले रुघा सरेजस्तै दुई देखि तीन जना सम्म मात्र सार्नसक्थ्यो भने डेल्टा भेरियन्टले एक व्यक्तिबाट ८ देखि ९ जना सम्मलाई सार्न सक्छ।
यदि खोप लगाएका व्यक्तिहरुमा कोरोना संक्रमण भयो भने उनीहरुको शरीरमा पनि उत्तिनै भाइरस रहन्छ जति खोप नलागएका संक्रमितमा हुन्छ।
तर, खोप लगाएकाहरुमा गम्भीर असर नगर्ने तथा सुरक्षित पनि रहने अध्ययनले देखाएको छ।
खोपले ९० प्रतिशत गम्भीर बिरामी हुनबाट रोक्न सक्छ तर रोग सर्नबाट भने जोगाउन सक्दैन। त्यसैकारण समुदायमा फौलनसक्न सम्भावना धेरै हुन्छ।
रिर्पोट अनुसार खोपले गम्भीर विरामी तथा मृत्यु हुन १० गुनाले बचाउँछ भने रोग फैलनबाट तीन गुनाले मात्र कम गर्दछ।
उक्त रिर्पोट विश्वभरि नै खोप र मास्क अनिवार्य लगाउन सुझाएको छ।