भारतमा कोरोना संक्रमण बढ्दै : २४ दिनयताकै सबैभन्दा बढी
घट्न लागेको कोरोना संक्रमण भारतमा पुन: बढ्न थालेको छ। गत २४ घण्टामा भारतमा ४४ हजार २३० नयाँ संक्रमित थपिएका छन्। यो संख्या पछिल्लो २४ दिनयताकै सबैभन्दा बढी हो। भारतमा गत ७ जुलाइमा ४५ हजार ७०१ संक्रमित फेला परेका थिए।
पछिल्लो २४ घण्टामा ५५५ संक्रमितले ज्यान गुमाएका छन् भने ४२ हजार ३६० संक्रमणमुक्त भएका छन्।
योसँगै भारतमा कोरोना संक्रमण हुनेको हालसम्मको कूल संख्या ३ करोड १५ लाख ७२ हजार ३४४ पुगेको छ भने संक्रमणमुक्त हुनेको संख्या ३ करोड ७ लाख ४३ हजार ९७२ पुगेको छ। ४ लाख २३ हजार २१७ संक्रमितको मृत्यु भएको छ। भारतमा हाल ४ लाख ५ हजार १५५ सक्रिय संक्रमित रहेका छन्।