सिसिएमसी बैठक आज बस्दै, कडा होला त लकडाउन ?

हेल्थपोस्ट नेपाल

 

आज (शुक्रबार) कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बोलाइएको छ।

शुक्रबार अपरान्ह ४ बजे सिंहदरबारमा सीसीएमसीको बैठक बस्ने प्रधानमन्त्रीको सचिवालयले जनाकारी दिएको छ।

कोरोना संक्रमण बढ्न थालेपछि बैठकमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि विशेष छलफल हुनेछ।

गत वैशाख १६ गतेदेखि काठमाडौं उपत्यका सँगै देशभर विभिन्न निषेधाज्ञा जारी भएको थियो। तर, संक्रमणदर घट्दै गएकाले निषेधाज्ञा खुकुलो बनाउँदै गइएको थियो।
नागरिकले लापबाहीको कारण संक्रमणदर बढ्दै गएको विज्ञले बताउँदै आएका छन्।

केही हप्ता अगाडी संक्रमण दर २० प्रतिशत भन्दा कम रहेको संक्रमण दर आजभोली २४ प्रतिशतमा उकालो लागेको छ। कोरोना संक्रमित संख्या बढ्दै गएपछि अस्पतालका आईसीयू र भेन्टिलेटर फेरि भरिन थालेका छन्।

हालसम्म नेपालमा कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६ सय ४२ पुगिसकेको छ।

मन्त्रालयको बिहिबारसम्मको तथ्यांक अनुसार ३० हजार ३ सय ९० सक्रिय संक्रमित छन्। मन्त्रालयको अनुसार हालसम्म ९ हजार ८ सय ७ जनाको संक्रमणबाट मृत्यु भएको छ।

हाल ५ सयभन्दा बढी सक्रिय संक्रमित पुग्ने जिल्लाको संख्या ११ पुगिसेको छ। जसमा सुनसरी, मोरङ, झापा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकानपुर, नवलपरासी पूर्व, कास्की, रूपदेन्हीछन्। त्यसैगरी, २ सयभन्दा माथि सक्रिय संक्रमित रहेका जिल्ला २२ भन्दा बढी छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *