शुक्रबारदेखि ४५ बर्षमाथिका नागरिकलाई भेरोसेल खोप दिइँदै

हेल्थपोस्ट नेपाल

ललितपुर महानगरपालिकामा शुक्रबारदेखि कोरोना भाइरस विरुद्धको भेरोसेल खोप लगाइँदैछ ।

महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ। खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ ।

 

साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको भोलिपल्ट यही साउन १८ गते सोमबारदेखि जोनसन एण्ड जोनसन कम्पनीको जान्सेन एण्ड जान्सेन खोप लगाउने कार्यक्रम सुरु गरिने महानगरपालिकाले जनाएको छ ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *