यसरी बनाउनुस् पनिरको खीर

हेल्थपोस्ट नेपाल

चामलको खीर त प्राय खाइन्छ। केही नयाँ स्वादको खीर खाने सोचमा हुनुहुन्छ भने पनिरको खीर बनाउने कोशिस गर्नुस्। पनिरको खीर बनाउन निकै सजिलो हुन्छ। र, खानमा पनि उत्तिकै स्वादिस्ट। यो बनाउन धेरै चिजको आवश्यकता पर्दैन। भान्छामा हुने सामानबाट बनाउन सकिन्छ।

मुख्य सामग्री

– एक लिटर दुध
– एक कम पनिर
– एक ठूलो चम्चा चावलको पिठो
– एक सानो चम्चा मसला युक्त हरियो अलैची
– आवश्यकता अनुसार एकदेखि ४ चम्चा चिनी

सजावटका लागि

– पाँच पिस काटिएका बदाम
– पाँच पिस पिस्ता

कसरी पकाउने

पहिला १ लिटर दुधलाई मजासँग उमाल्ने। नउम्लिदासम्म चलाइराख्ने। त्यसपछि ठूलो एक चम्मच चामलको पिठो राख्ने। र, ८ देखि १० मिनेटसम्म उमाल्ने।

त्यसपछि ५-६ पिस पिस्ता मिलाउने, आधि चम्चा अलैचीको पाउडर राख्ने। र, केही मिनेट चलाउने। केही मिनेटपछि आवश्यकता अनुसार चिनी राख्ने। त्यसपछि दुध गाढा नहुँदासम्म उमालिराख्ने।

त्यसपछि एक कप मनिर हाल्ने। पनिरलाई पहिले अलिकति टुक्राएको हुनुपर्छ। त्यसको दुई/तीन मिनेटसम्म राम्रोसँगथग चलाउने। त्यसपछि खीर लगभग तयार हुन्छ। त्यसमा बदाम राख्नुपर्छ।

त्यसपछि तातो वा चिसो जस्तो मनपर्छ त्यही अवस्थामा खीरलाई खान सकिन्छ। यसलाई बर्तको दिनमा समेत फलारको रूपमा खान सकिन्छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *