राष्ट्रियसभाका पूर्व सदस्य खड्काले डा. कपिल गौतमलाई धम्की दिए, एम्बुलेन्सभित्र थुनिदिए

हेल्थपोस्ट नेपाल

 

राष्ट्रियसभाका पूर्व सदस्य चन्द्रबहादुर खड्काले अर्घाखाँची अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी माथि गरेको दुर्व्यवहार प्रति नेपाल चिकित्सक संघले गम्भीर ध्यानकर्षण भएको जनाएको छ।

१३ साउनमा नेता खड्काकी आमाको उपचारको लागि अर्घखाँची अस्पतालमा भर्ना गरिएको थियो। तर, थप उपचारका लागि काठमाडौं रेफर गर्ने क्रममा उपचारमा संलग्न अस्पतालका निमित्त प्रमुख डा. कपिल गौतम, डा. पुजा पन्थीलगायतलाई अपशब्द प्रयोग गरिएको अस्पतालले प्रशासनले जनाएको छ।

रिफर गरेर बिरामीलाई एम्बुलेन्समा राख्न गएका निमित्त प्रमुख डा. गौतमलाई ‘यो डाक्टरको यहाँ काम छैन, यसलाई पनि काठमाडौं लैजानुपर्छ । बिरामीसँगै जान्छ’ भन्दै ढोका थुनिदिएको अस्पतालले विज्ञप्ति जारी गर्दै जनाएको छ।

संघले एक प्रेस विज्ञप्ति निकाल्दै कोरोना महामारीमा ज्यानको जोखिम राखेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई एम्बुलेन्स भित्र प्रवेश गरेर अक्सिजन व्यवस्थापन गरिरहेका जिम्मेवारी व्यक्तिबाट अभ्रद, धम्कीपूर्ण भाषा प्रयोग अत्यन्तै लज्जास्पद भएको संघको ठहर छ।

‘नीति निमार्ण तहमा पुगेका एक जिम्मेवार नागरिकबाट कोरोना महामारीमा समयमा चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको मनोबल उच्च पार्नुको सट्टा केही भए चिकित्सक नै जिम्मेवार हुने भन्दै गैर मानवीय चरित्र प्रर्दशन संघ स्तब्ध छ,’ विज्ञप्तिमा भनिएको छ।

नेता खड्काले बिरामी रिफर गर्ने क्रममा स्वास्थ्यकर्मी ‘त हो होस ? यहाँको ओजेटी, नर्स सबैको डाक्टर सबैको नाम लेखेर दे, मेरो बिरामीलाई केही तलमाथि परेमा सबै जिम्मेवार हुन्छौ’ भन्दै धम्क्याएका थिए ।

संघले उक्त घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई प्रचलित कानुन बमोजिम कारवाही सम्बन्धित निकायसँग माग गरेको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *