बिहिबार ३० हजार ३९० सक्रिय संक्रमित, १४ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा ३ हजार ३६५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १४ हजार २४२ नुमना परीक्षणका क्रममा ३ हजार ३६५ जनामा संक्रमण पुष्टि भएको हो।

यो सँगै कुल संक्रमितको संख्या ६ लाख ९० हजार ६४२ पुगेको छ। सोही अवधिमा १ हजार ३७३ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ६ लाख ५० हजार ४४५ पुगेको छ।

बिहिबार कोरोनाबाट १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ८०७ पुगेको छ।

मन्त्रालयको अनुसार ३० हजार ३९० सक्रिय संक्रमित छन्। जसमध्ये २७ हजार ३५५ होम आइसोलेसन र ३ हजार ३५ जना संस्थागत आइसोलेसनमा उपचार भइरहेको छ।

बिहिबार देशभर विभिन्न अस्पतालमा ६३६ आइसियू सहित १६० जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *