नेपालमा २ हजार ३९७ महिला विशेषज्ञ चिकित्सक, कुन रोगका कति? (सूचीसहित)

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलको सन् २०२० सम्म डिसेम्बरसम्मको तथ्यांकअनुसार नेपाल ८ हजार ३ सय १५ जना पोष्ट ग्राजुयसन (पिजी) गरेका दर्तावाला चिकित्सक भएका छन।

जसमध्ये ८ हजार ३ सय १५ जना चिकित्सकमध्ये ५ हजार ९ सय १८ जना पुरुष चिकित्सक रहेका छन् भने २ हजार ३ सय ९७ जना महिला चिकित्सक छन्।
मेडिकलको तथ्यांक अनुसार पछिल्लो पाँच वर्षमा ३ हजार १ सय ५६ विशेषज्ञ चिकित्सकहरु थपिएका छन्।

जसअनुसार २०१६ सम्ममा ५ हजार १ सय ५९ विशेषज्ञ चिकित्सक दर्ता भएको थियो।

२०२० सम्म आइपुग्दा ८ हजार ३ सय १५ पुगेको छ ।

नेपालमा कुन रोगका कति महिला विशेषज्ञ चिकित्सक?

काउन्सिलको तथ्याङक अनुसार नेपालमा २ हजार ३९७ विशेषज्ञ महिला चिकित्सक छन्।

जसअनुसार २८० महिला डेन्टिस छन्। यसमध्ये पनि एमडियस (डेन्टल सर्जरीमा स्नातकोत्तर) गरेका ८७, कम्युनिटि डेन्टिस्ट्रीमा (दाँतको दुखाई, सफाई कसरी गर्ने भनेर जाँच्ने) ५, कन्र्जभेटिभ डेन्टिस्ट्री र इन्डोडोन्टिक्समा (दाँत भित्र भएका रोग घाउ हेर्ने तथा गिजाका समस्याहरुलाई उपचार गर्ने) ३५ जना विशेषज्ञ महिला चिकित्सक छन्।

त्यस्तै, ओरल म्याक्सिलियोफेसियल सर्जरीमा १५, ओरल प्याथोलोजीमा ९ जना, ओरल साइन्समा एक जना, अर्थोडोन्टिक्समा ४९, पेडोडोन्टिक्समा २३, प्रोस्थोन्डटिक्समा २९ जना महिला चिकित्सक छन्।

तर, पब्लिक हेल्थ डेन्टिस्ट्रि र फोरेन्सिक ओडोन्टोलोजीमा महिला चिकित्सक विशेषज्ञ संख्या शुन्य छ।

यसैगरी, मेडिकलतिर २११७ जना महिला डाक्टरहरु छन्। विशेषज्ञता तर्फ एनेस्थेसियोलोजिमा १३६, डर्मेटोलोजी र भेनेरोलोजीमा १३१, आँखा नाक र मुखमा ६७, इर्मजेन्सी मेडिसिनमा २ जना, जेनरत प्राक्टिसमा ६८, नियोनाटोलोजीमा एक जना, नियुक्लियर मेडिसिनमा दुई जना, गाइनोकोलोजीमा ५८८ महिला चिकित्सक छन्।

काउन्सिलको तथ्यांक अनुसार ओप्थाल्मोलोजीमा १७९, अर्थाेपेडिकमा ६, पेडियाट्रिक्समा १९१, पेडियाट्रिक हेमाटो–अंकोलोजीमा एक, साइक्याट्रिमा ६२, रेडियो थेरापीमा १०, रेडियोलोजी र इमेजिङमा १०३, पेडियाट्रिक्स हेमाटोलोजी र पेडियाट्रिक्स ग्यास्ट्रोइन्ट्रोलोजीमा १/१ जना महिला चिकित्सक छन्।

सर्जरी विशेषज्ञ चिकित्सक अन्र्तगत जनरल सर्जरीमा ३९, कार्डियोथोराकिक र भास्कुलर सर्जरी र प्लास्टिक सर्जरीमा २/२ जना, कार्डाइक सर्जरी, ग्यास्ट्रो सर्जरी, हेपाटोविलियरी सर्जरी र युरोलोजीमा १/१ जना र पेडियाट्रिक सर्जरीमा तीन जना विशेषज्ञ महिला चिकित्सक छन्।

त्यसैगरी, मेडिसिन विद्यामा १२२ र बेसिक मेडिसिनका विभिन्न विषयहरुमा ३९६ महिला चिकित्सकले विशेषज्ञ लाइसेन्स लिइसकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *