एस्ट्राजेनेका र फाइजर खाेप लगाएको २–३ महिनामै एण्टीबडी घट्नसक्ने

हेल्थपोस्ट नेपाल

काठमाडौं–फाइजर र एस्ट्राजेनेका खोप पूर्ण मात्रामा लगाएको तीन महिनापछि एण्टीबडीको स्तर घट्नसक्ने एक अध्ययनले देखाएको छ।

‘द ल्यान्सेट जर्नल’मा प्रकाशित एक अध्ययनका अनुसार फाइजर र अस्ट्राजेनिकाको खोप लगाएका व्यक्तिहरुमा दुईदेखि तीन महिनामै एण्टीबडीको स्तर कम हुने देखाएको छ। त्यस्तै, १० हप्तामा ५० प्रतिशत कम हुँदै जाने अध्ययनबाट देखिएको छ।

युनिभर्सिटी कलेज अफ लण्डन (युसियल) ले गरेको अध्ययन अनुसार एण्टीबडी कम हुँदै गएसँगै खोपले दिने सुरक्षामा पनि कमि हुँदै जानेछ। यसले नयाँ भेरियन्टका भाइरसहरुबाट सुरक्षा दिन पनि कम हुँदै जाने देखिन्छ।

तर, यसको प्रभावकारिता कहिलेसम्म रहन्छ अहिले नै भन्न नसकिने अनुसन्धानकर्ताहरुले बताएका छन्।

युसियल भाइरस वाचको अध्ययनले एस्ट्राजेनेकाको तुलनामा फाइजरको दोस्रो मात्रा खोप लगाउनेहरुमा एण्टीबडीको स्तर उच्च रहने देखिएको छ।

त्यस्तै सार्स–कोभिड–२ बाट संक्रमित भएर बनेको एण्टीबडीभन्दा खोप लगाएर बनेको एण्टीबडी उच्च रहेको देखिएको छ।

यूसीएल इन्सिच्युट अफ हेल्थ इन्फर्मेटिक्सकी मधुमिता श्रोत्रीले भनिन्, ‘एस्ट्राजेनेका वा फाइजरको खोपको दुई डोज लिएपछि एन्टीबडीको स्तर सुरुमा बढी रहन्छ। यसले कोभिड–१९ विरुद्ध व्यक्तिमा बलियो सुरक्षा दिन्छ। यद्यपि, अबका दुई–तीन महिनामा यसको गिरावट हुने देखिएको छ।’

१८ वर्षभन्दा माथिका ६०० जनामा गरिएको अनुसन्धानमा गम्भीर प्रकारका रोगहरुबाट भने खोप प्रभावकारी देखिएको छ।

फाइजर खोप लगाएकाहरुको एण्टीबडी २१ देखि ४१ दिनमा ७५०६ प्रति मिलिलिटर घट्दछ भने ७० दिनमा ३३२० प्रति मिलिलिटर घट्दछ।

त्यस्तै एस्ट्राजेनेकाको भने ० देखि २० दिनमा १२०१ प्रति मिलिलिटर घट्दछ भने ७० वा त्यसभन्दा बढी १९० प्रति मिलिलिटर घट्दछ।

‘‘हामी बुस्टर डोज दिँदा कसलाई प्राथमिकतामा राख्ने भनेर सोचिरहेका बेला हामीले अध्ययन गरेको तथ्यांकले विशेष रूपबाट एस्ट्राजेनेका भ्याक्सिन चाँडो लगाउनेमा अहिले कम एन्टीबडी स्तर कम हुने सम्भावना देखाएको छ ,’हेल्थ इन्फर्मेटिक्सका प्रोफेसर रोब एल्ड्रिजले भने।

७० वर्षभन्दा बढी उमेर भएका र शारीरिक रुपमा कमजोर भएका व्यक्तिलाई प्राथमिकतामा राखेर बुस्टर डोज दिनु पर्ने अध्ययनले देखाएको अनुसन्धानकर्ताहरुको भनाइ छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *