स्वास्थ्य मन्त्रालयको कर्मचारीलाई निर्देशन– भदौ २० सम्म सम्पति विवरण पेश गर्नु

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कर्मचारीलाई सम्पति विवरण पेश गर्न निर्देशन दिएको छ।

मन्त्रालयले एक सूचना निकाल्दै स्वास्थय सबै निकायका कर्मचारीलाई भदौं २० भित्र दुई वर्षभित्रको सम्पति विवरण पेश गर्न निर्देशन दिएको हो।

मन्त्रालयले मातहतका विभागहरु, प्रतिष्ठानहरु, केन्द्रहरु, अस्पतालहरु र परिषद्हरुमा कार्यरत निजामति कर्मचारीबाहेक अस्थायीरस्थायी, करार र ज्यालादारीमा कार्यरत कर्मचारीको २०७६–७७ को सम्पति विवरण राष्ट्रिय सर्तकर्ता केन्द्रको डाटाबेसहरुमा इन्ट्री गर्नुपर्ने २०७७र०७८ को सम्पत्ति विवरण नाम, पद खुल्ने गरी पेश गर्न निर्देशन दिएको छ।

उक्त सम्पत्ति विवरण राष्ट्रिय सर्तकर्ता केन्द्रको डाटाबेसमा इन्ट्री गर्नुपर्ने भएकाले माग गरिएको मन्त्रालयले जनाएको छ ।

उक्त विवरण अनुसार लगइन गरेसकेपछि अनिवार्य रूपमा पासवर्ड गरी डाटा इन्ट्री गर्नुपर्ने छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *