दैनिक २४ प्रतिशतका दरले सक्रिय संक्रमित थपिदै

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणको परीक्षणको आधारमा संक्रमण पुष्टि हुनेको संख्या झन् बढ्दै गइरहेको छ। बुधबार १५ हजार ८०८ नुमना परीक्षण गरिएको मध्ये ३ हजार ८४० जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा ८५९ संक्रमित थपिएका छन्। जसमध्ये भक्तपुरमा ९४, ललितपुरमा २०६ र काठमाडौंमा ५५९ संक्रमित थपिएका हुन्।

बुधबार गरिएको कुल परीक्षण मध्ये २३.७ प्रतिशतमा संक्रमण पुष्टि भएको हो।

त्यस्तैगरी पछिल्लो २४ घन्टामा १ हजार ९९३ जना संक्रमण मुक्त भएका छन्। सोही अवधिमा ३३ जनाको मृत्यु भएको छ।

मन्त्रालयको अनुसार हालसम्म मृत्यु हुनेको संख्या ९०७१ पुगेको छ।

कोरोना संक्रमण पुष्टि हुने प्रदेशमा अग्रस्थानमा गण्डकी प्रदेश रहेको छ। हरेक तीन जनामा परीक्षण गर्दा दुईजनामा कोरोना पुष्टि हुने गरेको छ। हाल गण्डकी प्रदेशमा ३२ प्रतिशत संक्रमित पुष्टि भइरहेको छ।

त्यस्तै, प्रदेश १ मा २७।५ प्रतिशत व्यक्तिहरुमा संक्रमण पुष्टि भइरहेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *