जोन्सन खोप यी व्यक्तिले लगाउनु हुँदैन, देखिन्छन् यस्ता असर (मार्गदर्शन सहित)

हेल्थपोस्ट नेपाल

स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा टेकुले कोभिडविरुद्धको खोप जोन्सन एन्ड जोन्सनको प्रयोग तथा संचालन सम्बन्धि अन्तरिम मार्गदर्शन सार्वजनिक गरेको छ।

मार्गदर्शनमा खोपको भण्डारण, म्याद गुज्रिने अवधि, ढुवानी गर्दा कायम गर्नुपर्ने तापक्रम, खोपको प्रयोग , खोप लिन हुने अवस्था, खोप दिन नहुने अवस्था, विषेश निगरानीमा खोप दिन सकिने अवस्था, खोप लगाएपछि हुनसक्ने असरका विषयमा प्रस्ट पारेको छ।

यो खोप एक मात्रा लगाइन्छ र खोप लगाएको व्यक्तिको शरीरमा १४ दिनपछि कोभिड–१९ विरुद्ध लड्ने प्रतिरक्षा क्षमता विकास हुन्छ। यो खोप तयारी तरल अवस्थामा भायलमा उपलब्ध हुन्छ। यो रगंविहिन वा हल्का पहिलो, पारदर्शी वा अर्थ पारदर्शी तयारी झोलको रूपमा उपलब्ध हुन्छ। यो खोपको भायलमा ५ मात्रा( प्रति मात्रा ०.५ मि.लि। उपलब्ध हुन्छ।

भण्डारण, म्याद गुज्रिने अवधी र ढुवानी कायम गर्नेपर्ने तापक्रम
भण्डारण
– यो खोपलाई लामो समयसम्म भण्डारण गर्न –२० डि.से मा भण्डारण गर्न सकिन्छ। यो खोप छोटो अवधि (४.५ महिना +२ डि.से +८ डिसे मा भण्डारण गर्न सकिन्छ। एक पटक +२ डि.से +८ डि.से मा राखिएपछि यसलाई पुन माइनसमा तापक्रममा वा जम्ने तापक्रममा कदापी राख्नुहुँदैन।

– यो खोप नेपालमा प्राप्त हुँदा नै +२ डि.से +८ डि.से मा राखिएको र लेबलिङ पनि +२ डि.से देखि +८ डि.से कै भएकाले हुनाले यो खोपलाई कपदापी जम्न दिन हुँदैन र +२ डि.से देखि +८ डि.से मा मात्र राख्नु पर्दछ र कण्डिसनिङ गरेको आईप्याकको मात्र प्रयोग गर्नुपर्दछ।

–यो खोप जमेको अवस्थामा भए प्रयोग गर्न हुँदैन।
म्याद गुज्रने मिति र प्रयोग विधि

–यो खोप भायलमा म्याद गुज्रने मिति उल्लेख भएको हुँदैन।

– म्याद सम्बन्धि जानकारीको लागि भायलमा भएको यू आर स्क्यान गरेर www.vaxchek.jnj  लिगमा गएर हर्न सकिन्छ।

–नेपालमा १२ जुलाई २०२१ मा प्राप्त भएको या खोपको म्याद गुज्रने मिति २० नोभेम्बर २०२१ छ।

खोपको प्रयोग

–यो खोप ५ मात्राको भायलमा उपलब्ध हुन्छ।
– यो खोप एक व्यक्तिलाई ०.५ मिलि दिइन्छ। यो खोप १ मात्रा मात्र दिए पुग्छ।
–यो खोप सुईको माध्यमबाट बायाँ पाखुराको माथिल्लो भाग मासुमा दिनुपर्दछ।
–भायलमा उपलब्ध भएको खोप लगाउन खोपसँगै उपलब्ध गराइएको ए.डी सिरिञ्ज मात्र प्रयोग गर्नुपर्दछ।
–यो खोप कदापी हल्लाउन हुँदैन। तर प्रत्येक पल्ट खोप तान्नु भन्दा अगाडी भायललाई सिधा राखेर भायलको तलतिर समातेर हल्का रूपले १० सेकेण्ड जति घुमाउनुपर्छ।

खोप लिन हुने अवस्था
– १८ वर्षमाथिका सबै उमेर समूह

– स्तनपान गराइरहेका महिला

– विश्व स्वास्थ्य संगठनले सिफारिस गरे अनुसार गर्भवती महिला

राष्ट्रिय खोप सल्लाहकार समितिको २६ मे २०२१ को सिफारिस अनुसार निम्न अवस्थाका गर्भवती महिलाहरु कोभिड–१९ को उच्च जोखिममा पर्ने भएकाले हाल प्रयोग भएका कोभिड–१९ खोप चिकित्सकको परामर्श लिएर दिन सकिन्छ।

– ३५ वर्ष उमेर वा सो भन्दा माथिका गर्भवती महिला

–अत्यधिक तौल भएका महिला गर्भवती भएमा

– गर्भावस्थाका जटिलताहरु भएका अवस्थामा जस्तै प्रि इक्लामसिया, गर्भावस्थामा देखिने मधुमेह
– साथै कोभिड–१९ को संक्रमणको उच्च जोखिममा रहेका गर्भवती महिलाहरु जस्तै स्वास्थ्यकर्मी, अग्रपंक्तिमा खटिने व्यक्तिहरु।

खोप दिन नहुने अवस्था
– पहिला अन्य कुने पनि कारणले गम्भीर प्रकारको प्रतिक्रिया ९सिरियस एलर्जीक रियाक्सन० वा एनाफाइलेक्सि भएका व्यक्ति

–यो खोपको कुने पनि तत्व जस्तै साइट्रिक एसिड मोनोहाइड्रेट, ट्रिसोडिएम साइट्रेट डिहाइड्रेट, इथानोल, सोडिएम क्लोराइड, सोडिएम हाइड्रोक्साइड, हाइड्रोक्लोरिक एसिड आदीबाट गम्भीर प्रकारको प्रतिक्रिया भएका व्यक्ति

– १८ वर्षभन्दा कम उमेरका व्यक्ति।

– पहिला अन्य कुनै पनि कोभिड(१९ को खोप लगाइसकेका व्यक्ति

– कुनै पनि कारणले हाल गम्भीर बिरामी भएको वा उच्च ज्वरो आएको व्यक्ति तर यस प्रकारको अवस्था निको भएपछि यो खोप लगाउन मिल्छ।

–प्यासिभ एन्टिबडी थेरापी जस्तै मोनोक्लोनल एन्टिबडिज, कन्भालेसेन्ट प्लाज्मा थेरापी उपचारमा भएको व्यक्तिलाई यो खोप लगाउन हुँदैन। तर यस प्रकारको उपचार लिएको ९० दिनपछि मात्र यो खोप लगाउन मिल्छ।

– हाल कोभिड–१९ संक्रमण भएको व्यक्ति। तर संक्रमणमुक्त भएको ३० दिनपछि भने यो खोप लगाउन मिल्छ।

विशेष निगरानीमा खोप दिन सकिने अवस्था
रगत बग्ने समस्या भएका व्यक्ति वा रगत पातलो गराउने औषधि लिई राख्नु भएको व्यक्तिलाइ विषेश निगरानी वा परामर्श जरुरी हुन्छ।

खोप लगाएपछि हुन सक्ने असरहरू
–खोप लगाएको ठाउँमा दुख्ने, हल्का रातो हुने, सुनिने र चिलाउने
– आलस्यता आउने, थकाइ लाग्ने तथा कमजोरी भएको महसुस हुने
–जाडो महसुस हुने, ज्वरो आउने, टाउको दुख्ने, जीउ र जोर्नी दुख्ने
–वाकवाकी लाग्ने, वान्ता हुने, ज्वरो आउने, घाटि दुख्ने, खोकी लाग्ने आदि ।
तर, यी सामान्य असर हुन् र १–२ दिनपछि आफैं ठीक हुन्छन्।

यदि लगातार वा असहय टाउको दुखेमा, कम्पन आएमा , घमिलो देखिएमा , मानसिक स्थितिमा परिवर्तन भएमा , खोप लगाएको ठाउँ भन्दा अन्य ठाउँमा निलो डाम देखिएमा वा सानो थोप्लो जस्तो दाग देखिएमा, श्वास फेर्ने गाहो भएमा, छाती दुखेमा लगातार पेट दुखेमा, खुट्टा दुखेमा वा सुन्निएमा , शरीरको कुनै पनि अगं कमजोर वा लुलो भएको महसुस भएमा तुरून्तै चिकित्सकको परार्मश लिनुपर्दछ।
कुनै पनि खोप लगाउँदा विरलै देखिने तर गम्भीर हुने एनाफाइलेक्सिसको सम्भावना हुनसक्छ। यस प्रकारको असर सामान्यतया खोप लगाएको ५ मिनेट देखि आघा घन्टा भित्र हुनसक्छ।त्यसैले खोप लगाएपछि आधा घन्टासम्म खोप केन्द्रमा स्वास्थ्यकर्मीको निगरानीमा बस्नुपर्दछ। एनाफाइलेक्सिस भएमा त्यसको तत्कालै व्यवस्थापन गर्नुपर्दछ। तसर्थ, प्रत्येक खोप केन्द्र स्तरमा एनाफाइलेक्सिको व्यवस्थापन गर्न adrenaline र ०.५ मिली सिरिञ्जको अनिवार्य व्यवस्था गर्नुपर्दछ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *