भोलीदेखि काठमाडौंमा भेरोसेल खोप लगाइँदैं, क–कसले पाउँछन्?

हेल्थपोस्ट नेपाल

काठमाडौं उपत्यकामा ५५ बर्षभन्दा माथिका नागरिकलाई बिहीबारदेखि कोभिडविरुद्धको भरोसेल खोप दिने तयारी भएको छ।

स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डा. झलक शर्मा गौतमले ५५ बर्षभन्दा माथिका खोप लिन छुट नागरिकलाई भरोसेल खोप दिने तयारी भएको बताए।

‘हामीले भोली र पर्सीमा पुन काठमाडौंमा खोप अभियान सञ्चालन गर्दै छौ। तिनवटै जिल्लालाई तयारी रहन अनुरोध गरेका छौं,’ डा. गौतमले भने, ‘ ५५ बर्षभन्दा माथिका नागरिकलाई खोप दिएपछि त्रमश घटाउँदै लैजान्छौं।’

सरकारले यसअघि पनि ५५ बर्षभन्दा माथिलाई खोप दिएको थियो। तर, सबै मानिसले अझै पनि खोप पाउन सकेका छैइनन्।

स्वास्थ्य कार्यालय काठमाडौँका प्रमुख बद्रीबहादुर खड्काले स्वास्थ्य सेवा विभागबाट औपचारिक जानकारी नआएको बताए।

‘हामी खोप दिनका लागि तयारी अवस्थामा नै छौं। विभागले लक्षित वर्ग र मिति तोकेर निर्णय गरेको खण्डमा भोली नै लगाउन सक्छौं,’ खड्काले भने।

उनका अनुसार काठमाडौंमा खोप कार्यक्रम सञ्चालन गर्न विभागसँग तीन लाखभन्दा बढी खोप मागिएको छ।

यसअघि जेनसान खोप ५० देखि ५४ बर्ष उमेर समुहका लागि दिइएको छ। अहिले विदेश जाने श्रमिक र विद्यार्थीका लागि भेरोसेल खोप लगाउन काठमाडौं उपत्यकामा दुई वटा खोप केन्द्र तोकेको छ ।

काठमाडौं उपत्यकामा नेपाल प्रहरी अस्पताल र सैनिक अस्पतालमा खोप लगाइरहेका छन्।खोप लगाउन जाँदा पासपोर्ट र भिसा अनिवार्य देखाउनुपर्ने मन्त्रालयको जनाएको छ ।

सरकारले काठमाडौंको सामाखुसीस्थित राधास्वामी आइसोलेसन सेन्टरलाई स्थायी खोप केन्द्रको रुपमा स्थापना गरेको छ ।उक्त खोप केन्द्रमा स्वास्थ्य कार्यालयले विभिन्न समयमा तोकेको लक्षित समूहले खोप लगाउन सक्नेछन्।

चीनबाट खरीद गरिएको ४० लाख मध्ये पछिल्लो साता २४ लाख डोज भेरोसेल खोप आएको थियो । सो खोप आएपछि अभियान पुन सञ्चालन गर्न लागेको हो ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *