बालबालिकालाई मोडर्नाको खोप लगाउन अनुमति

हेल्थपोस्ट नेपाल

मोर्डना कम्पनीले १२ देखि १७ वर्ष उमेर समूहका लागि तयार पारेको कोभिड–१९ खोप युरोपियन मेडिसिन एजेन्सीले स्वीकृत गरेको छ।

मोडर्नाको खोप पहिलो पटक १८ वर्ष मुनिका बालबालिकाहरुका लागि सिफारिस गरिएको हो।

इयुका अनुसार झण्डै ३७ सय बालबालिकाहरुमा लगाइएको यो खोपले सबैमा एन्टीबडी उत्पादन गरेको थियो।

ट्रायलको क्रममा बालबालिकाहरुमा हात सुन्निने, टाउको दुख्ने र थकान लाग्ने जस्ता लक्षणहरु देखिएका थिए।

बालबालिकामा प्रयोग गर्न अनुमति पाएको यो खोप युरोपमा भने दोस्रो स्थानमा परेको छ।

हालसम्म फाइजर र बायोटेकले उत्पादन गरेको खोप बालबालिकामा उपयोग भइसकेको छ।

४ हप्ताको बीचमा बालबालिकाहरुलाई यो खोप दुई मात्रा सम्म लगाइन्छ।

अमेरिकाको द फुड एण्ड ड्रग एड्मिनिस्ट्रेसनले भने यो खोप बालबालिकामा प्रयोग गर्ने वा नगर्नेबारे बिचार गरिरहेको छ।

इयुले फाइजर र बायोटेक कम्पनीको खोपलाई लगाउन अनुमति दिएपनि यो खोप लगाउन भने शुरु गरिसकेको छैन। युरोपमा २० करोड युवाहरुले खोप लगाइसकेका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *