आधारभूत अस्पतालका लागि डीपीआर तयार तुरुन्तै गर्नु : स्वास्थ्य मन्त्रालय

हेल्थपोस्ट नेपाल

स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई आधारभूत अस्पताल निर्माणका लागि विस्तृत परियोजना विवरण (डीपीआर) तयार गर्न आग्रह गरेको छ ।

मंगलबार बसेको सचिवस्तरीय बैठकले आधारभूत अस्पतालका निर्माणका लागि डीपीआर तयार गर्न अनुरोध गरेको छ।

‘आधारभूत अस्पताल निर्माणको लागि आवश्यक जग्गाको सुनिश्चितता र डीपीआर तयार गरी यथाशीघ्र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पठाउनको लागि आह्वान गरिन्छ’, मन्त्रालयले सूचना जारी गर्दै भनेको छ।

सरकारले सबै स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने नीति अनुसार आर्थिक वर्ष २०७७र७८मा ३९६ वटाको निर्माण प्रक्रिया थाल्ने निणर्य गरेको थियो।

तर, हालसम्म सबै स्थानीय तहबाट जग्गाको उपलब्धता, डिपिआर तर तथा टेन्डर सम्झौता भइनसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *