आज डेढ महिनायताकै बढी संक्रमित थपिए, २० जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

नेपालमा निषेधाज्ञा खुकुलो भएसँगै पुन कोरोना संक्रमितको संख्या बढ्दै गएको छ।

पछिल्लो २४ घण्टामा थप ३ हजार ८९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार देशभर १७ हजार ५१८ नुमना परीक्षमध्ये ३ हजार ८९९ जना संक्रमण पुष्टि भएको हो।

संक्रमितमध्ये काठमाडौंमा ४७५, ललितपुरमा १ ६७ र भक्तपुरमा १ ३२ छन्।

यो संख्या डेढ महिनायताकै बढी उच्च हो।  जेठ २५ गते ५१५३ संक्रमित थपिए पनि त्यसपछि भने संक्रमित भने औसत ३ हजारमा झरेको थियो।

नेपालमा कोरोना संक्रमितको संख्या पिसिआर विधिबाट ६ लाख ८५ हजार ६ सय ७३ र एन्टिजेन विधिबाट ५७ हजार १ सय ४४ पुगेको छ।

सोहि अवधिमा नेपालमा कोरोना संक्रमणबाट २० जनाको मृत्यु भएको छ।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ७५८ पुगेको छ।
मन्त्रालयको तथ्यांक अनुसार देशभर आज २८ हजार ८३६ सक्रिय संक्रमित छन्। जसमध्ये २५ हजार ९३८ होम आइसोलेसन र २ हजार ८९८ संस्थागत आइसोलेसनमा उपचार गराइरहेका छन्।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ७७८ जना संक्रमित निको भएका छन्। हालसम्म निको हुने संक्रमितको संख्या ६ लाख ४७ हजार ७९ पुगेको छ।

मंगलबार ६११ आइसियू सहित १७१ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

आज ३ सय ५६ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *