विराट मेडिकल कलेजमा एमबिबिएस र नर्सिङका लागि भर्ना खुल्यो

हेल्थपोस्ट नेपाल

विराट मेडिकल कलेजले एमबिबिएस र विएससी नर्सिङ अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि भर्ना खुलाएको छ। साढे पाँच वर्षको एमबिबिएस कार्यक्रममा कलेजले दुईवर्ष प्रि–क्लिनिकल अध्ययन गराउने र साढे दुई वर्ष क्लिनिकल तथा एक वर्ष इन्टर्नसिप गराउने छ।

अध्ययनका लागि नेपाली नागरिकसहित विदेशी नागरिकहरुले पनि आवेदन दिन सक्नेछन्। कलेजले प्रवेश परीक्षा साथसाथै काउन्सिलिङ पनि प्रदान गर्नेछ।

त्यस्तै, विराट मेडिकल कलेज–स्कुल आफ नर्सिङमा पनि विभिन्न सुविधाका साथ पढ्न पाइनेछ।

नर्सिङ अध्ययन गर्ने विद्यार्थीहरुका लागि आर्ट ल्याब, उच्च स्तरीय फ्याकल्टी डिभिजन, सुविधा सम्पन्न लेक्चर हल, पुस्तकालय, होस्टेल तथा क्यान्टिनको व्यवस्था पनि गरिएको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *