नेपाल मेडिकल काउन्सिलको विशेष परीक्षा भदौमा

हेल्थपोस्ट नेपाल

नेपाल मेडिकल काउन्सिलले भदौमा विशेष परीक्षा लिने भएको छ।

काउन्सिलले एक सूचना जारी गर्दै भदौं १७ र १८ विशेष परीक्षा सञ्चालन गर्ने जनाएको छ।

परीक्षामा सहभागीका लागि साउन १३ देखि अनलाइन आवेदन खुल्ला गरिएको छ।

काउन्सिलको अनुसार भदौ २ गतेसम्म आवेदन दिन सकिने छ।

बिलम्ब शुल्क सहित भदौ ३ र ४ फारम बुझाउन सकिने काउन्सिलले जनाएको छ।

विशेष परीक्षा इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा हुनेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *