के कोरोना संक्रमित आमाले बच्चालाई दूध खुवाउन मिल्छ?

हेल्थपोस्ट नेपाल

कोरोना संक्रमणले विश्वलाई नै आक्रान्त बनाएको छ। हरेक उमेर समूहका व्यक्ति यसबाट पीडित बनेका छन्। शारीरिक अवस्था कमजोर भएका तथा दीर्घरोगीलाई त यसले झनै असर गरेको छ।

महामारीको बढ्दो स्वरुपसँगै विभिन्न खाले जिज्ञासा र समस्या पनि आउँछन्। जसमध्येको एक प्रश्न हो-के कोरोना संक्रमित आमाले बच्चालाई दूध खुवाउन मिल्छ?

भारतको दिल्लीस्थित लेडी हार्डिङ मेडिकल कलेजकी प्रसुती तथा स्त्री रोग विभाग प्रमुख डा मञ्जु पुरीले यो एक जटिल समस्या भए पनि बच्चालाई दूध खुवाउँदा सावधानी अपनाउनु पर्ने बताइन्। उनले सानो बच्चालाई आमाको दूध अति आवश्यक आहार भएकाले दूध खुवाउन सकिने तर सावधानी अपनाउनु पर्ने बताइन्। उनले संक्रमित महिलाले यसका लागि आवश्यक स्वास्थ्य मापदण्ड अपनाउनु पर्ने जस्तो कि मास्क लगाउन एकदमै आवश्यक भएको बताइन्।

डा. पुरीले दूध नखुवाएको समयमा भने बच्चालाई आफू नजिक संक्रमित महिलाले राख्न नहुने बताइन्। उनले बच्चा र आमाबीचको दूरी कम्तीमा पनि ६ फिटको हुनुपर्ने बताइन्।

डा. पुरीले कुनै महिला गर्भवती भएको समयमा संक्रमित भएर ठीक भएकी छिन् भने उनले आफ्नो होल बडी चेकअप गराउन सुझाव दिइन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *