आज डेढ महिनायताकै बढी संक्रमित थपिए , ६६९ आइसियू सहित १६६ को भेन्टिलेटरमा उपचार

हेल्थपोस्ट नेपाल

सोमबार डेढ महिनायताकै बढी संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घन्टामा ३ हजार ४२१ जना कोरोना संक्रमित थपिएका छन्।जेठ २५ गते ५१५३ संक्रमित थपिए पनि त्यसपछि भने संक्रमित भने औसत ३ हजारमा झरेको थियो।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार २४० नमूना पिसिआर मार्फत २ हजार ३९१ र एन्टिजेन विधिबाट ५ हजार ३२ गर्दा १०३० मा संक्रमण पुष्टि भएको हो। थपिएका संक्रमितमध्ये काठमाडौंका सबैभन्दा बढी ६७७ जना छन्। यसैगरी भक्तपुरमा १२५ र ललितपुरमा १९७ जना संक्रमित थपिएका छन्।

सोहि अवधिमा थप २५ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा १ हजार ६८६ जना कोरोनाबाट मुक्त भएका छन्।

सोमबार देशभर २७ हजार ९०८ सक्रिय संक्रमित छन्। जसमध्ये होम आइसोलेसनमा २५ हजार ९३ र संस्थागत आइसोलेसनमा २ हजार ८१५ छन्।

कुन प्रदेशमा कति आइसियू, भेन्टिलेटरमा ?

मन्त्रालयका अनुसार देशभर ६६९ आइसियू र १६६को भेन्टिलेटरमा उपचार भइरहेको छ।
जसमध्ये प्रदेश १ मा आइसियूमा ११९ र भेन्टिलेटरमा ४४, प्रदेशमा २ मा ५, बागमतीमा ४१८ आइसियूमा र ९३ भेन्टिलेटरमा उपचार भइरहेको छन्।

त्यसैगरी, गण्डकीमा ७५ आइसियूमा र भेन्टिलेटरमा १७ , लुम्बिनीमा ४२ आइसियूमा, ८ भेन्टिलेटरमा, कर्णालीमा १३ आइसियू र ३ भेन्टिलेटर र सुदरपश्चिमा ७ आइसियू सहित ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ।

११ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित

देशका विभिन्न ११ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संक्रमित छन्।जसमध्ये मोरङ, झापा, सुनसरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकानपुर, नवलपरासी, कास्की, रूपन्देहीमा ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।

त्यसैगरी, २ सयभन्दा सक्रिय संक्रमित रहेका २२ भन्दा बढी जिल्ला छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *