स्वास्थ्य मन्त्रालयले भन्यो – तेस्रो लहरको सम्भावना बढ्यो, तुरून्तै अक्सिजन सिलिन्डर मौज्दात राख्नु

हेल्थपोस्ट नेपाल

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाको तेस्रो लहरलाई मध्यनजर गर्दै प्रत्येक प्रदेशमा कम्तीमा एक हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको छ ।

मन्त्रालयले कोरोना संक्रमणको तेस्रो लहर आउनसक्ने भन्दै प्रत्येक प्रदेशलाई कम्तीमा हजार अक्सिजन सिलिन्डर भरेर राख्न निर्देशन दिएको हो ।

‘जनस्वास्थ्यका मापदण्डको पालना र निषेधाज्ञाका वावजुद कोभिड–१९ को संक्रमण दरमा कमी आएको देखिँदैन । विगतका दिनमा जस्तै संक्रमणको दर तिव्र रुपमा वढ्न गई कोभिड–१९ को पुनः अर्को लहर नआउला भन्न सकिँदैन । अतः भविस्यमा आउन सक्ने सम्भावित चुनौतीलाई सामना गर्न कम्तिमा एक हजारवटा अक्सिजनका सिलिन्डर भरी तयारी अवस्थामा प्रदेश आपूर्ति केन्द्रमा मौज्दात राख्नुहुन निर्देशानुसार जानकारी गराइन्छ,’ मन्त्रालयले भनेको छ।’

त्यसैगरी, मौजुदा सिलिन्डरहरु पनि खाली नाराख्नु हुन र अक्सिजन पीएसए प्लान्ट, अक्सिजन ट्यांक तथा अक्जिन कन्सन्ट्रेटरहरु चालु र चुस्त अवस्थामा राख्न प्रदेशहरूलाई निर्देशन दिएको छ।

यस्तैगरी, एचडियु, आईसीयु, अक्सिजन प्लान्ट निर्माणलाई निरन्तरता दिनुका साथै बालबालिकाहरुको उपचारका लागि एनआईसीयु सुदृढ गर्ने काम तुरुन्तै गर्न मन्त्रालयले परिपत्र गरेको छ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *