सोमबार २७ हजार ९०८ सक्रिय संक्रमित, २५ को निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा ३ हजार ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १७ हजार २७२ नमुना परीक्षण गरिएकोमा ३ हजार ४२१ जनामा संक्रमण पुष्टि भएको हो।

सोमबार देशभर २७ हजार ९०८ सक्रिय संक्रमित छन्। मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो २४ घन्टामा १ हजार ६८६ जना संक्रमणमुक्त भएका छन्। यो सँगै नेपालमा संक्रमणमुक्त हुने संख्या ६ लाख ४५ हजार ३०१ पुगेको छ।

सोमबार कोरोना संक्रमणबाट २५ जनाको निधन भएको छ। मन्त्रालयले हालसम्म संक्रमणबाट ९ हजार ७३८ जनाको निधन भएको जनाएको छ।  आज देशभर ३५८ जना क्वारेन्टाइनमा छन्।

 

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *