ग्राण्डी अस्पतालमा बिरामी जाँच्ने नक्कली डाक्टर समातिए

हेल्थपोस्ट नेपाल

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नेपाल मेडिकल काउन्सिलबाट चिकित्सकहरुले पाउने स्थायी दर्ता प्रमाणपत्रको किर्ते गरेको आरोपमा एक नक्कली डाक्टरलाई पक्राउ गरेको छ।

नक्कली लाइसेन्स बनाएर बिरामी जाँदै आएका ललितपुर महानगरपालिका—२ का ३६ वर्षीय विजय श्याम रंजित पक्राउ परेको प्रहरी उपरीक्षक श्याम कुमार महत्तोले जानकारी दिए।

रंजित काउन्सिलले लिएको लाइसेन्स परीक्षामा सहभागी भई अनुतीर्ण भएका थिए। परीक्षामा अनुतीर्ण भएपछि उनले काउन्सिलको दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा काउन्सिलको छाप लगाई रजिष्ट्रारको दस्तखत समेत गरेका थिए।

प्रकाउ परेका नक्कली डाक्टर रंजित केही समय अघिसम्म ग्राण्डी अस्पतालमा काम गर्दै आएको महत्तोले जानकारी दिए।

‘उजुरी परेपछि हामीले उहाँको बारेमा अनुसन्धान गरिहेका थियौं। केही समय अगाडी सम्म ग्राण्डीमा काम गरेको देखियो,’ प्रवक्ता महत्तोले हेल्थपोस्टसँग भने।

सिआइबीले अनुसन्धान गर्दै आएको थाहा पाएपछि काम गर्न छोडेर उनी लुक्कै आएका थिए।

‘उहाँले काउन्सिलको जुन नम्बरबाट काम गरिराख्नु भएको थियो। काउन्सिलको परीक्षामा त्यो नम्बरबाट लाइसेन्स परीक्षामा पास भएको देखिएन। त्यसको आधारमा हामीले खोजी गरिहेका थियौं। आज महाराजगंजबाट प्रकाउ गरेका हाैं,’ उनले भने।

उनलाई लिखित सम्बन्धी कसुरमा कारवाहीका लागि काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरिएको महत्तोले बताए।



One thought on “ग्राण्डी अस्पतालमा बिरामी जाँच्ने नक्कली डाक्टर समातिए

  1. एमबिबियस गरेकोलाई कसरी नक्काली डाक्टर भन्न मिल्ला र ? समाचार अनुसार त कामगर्ने प्रमाणपत्र पाउन असफल देखिन्छ । के कारणले कामगर्ने प्रमाणपत्र पाउन सकेनन त्यतातिर पनि ध्यानदिने हो कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *