थपिए २२३७ कोरोना संक्रमित, १८ को मृत्यु

हेल्थपोस्ट नेपाल


आज २४ घण्टमा २२३७ कोरोना संक्रमित थपिएका छन्।

१०,५६९ जनामा पिसिआर परीक्षण गर्दा १,५३९ र ३,२६५ जनामा एन्टिजेन परीक्षण गर्दा ६९८ जनामा संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङक अनुसार २४ घण्टमा १८ जनाको मृत्यु भएको छ। हालसम्म देशभर ९,७१३ जनाको मृत्यु भएको छ।

त्यस्तै २,०५० जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। हालसम्म ६ लाख ४३ हजार ६१५ जना कोरोना मुक्त भएका छन्।

मन्त्रालयको तथ्याङक अनुसार निको हुने दर ९४ प्रतिशत रहेको छ भने ४ प्रतिशत सक्रिय संक्रमित र १.४३ प्रतिशतको मृत्यु भएको छ।

त्यस्तै, काठमाडौंमा ४६८, भक्तपुरमा ६९ र ललितपुरमा ८९ नयाँ संक्रमित थपिएका छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *