मनसुनी प्रणाली सामान्यतर्फ उन्मुख, केही दिन लगातार वर्षा नहुने

हेल्थपोस्ट नेपाल

नेपालमा मनसुनी प्रणाली केही दिनका लागि सामान्यतर्फ उन्मुख भएको छ । अब केही दिन लगातार वर्षा हुने छैन।

नेपालको तराईनजिक रहेको मनसुनी न्यूनचापीय रेखा भारततर्फ सरेसँगै नेपालमा मनसुनी गतिविधि सामान्यतर्फ उन्मुख बनेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मौसमविद् वरुण पौडेलले भने, ‘एक दुई दिनलाई अघिल्ला दिनहरूमा जस्तो लगातारको झरी वर्षाको सम्भावना देखिँदैन । कतै कतै हल्का र थोरै स्थानमा भारी वर्षा हुने क्रम यथावत् रहनेछ।’

सोमबारबाट उच्च पहाडी र हिमाल छोएका जिल्लाहरूमा वर्षा हुने सम्भावना रहेको जनाइएकाे छ। महाशाखाले पूर्वानुमान गरेअनुसार आइतबार राति बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका केही स्थानमा भारी वर्षाको सम्भावना छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *