बढ्दो कोरोना संक्रमण : एकै दिन ३११४ जनामा पुष्टि, १६ को मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६२५ को पिसिआर परीक्षणमा २ हजार ३०९ र ४ हजार २८५ एन्टिजेन परीक्षणमा ८०५ जना गरी ३ हजार ११४ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १६ जनाको मृत्यु भएको छ भने २ हजार १९७ जना सो समयमा संक्रमणमुक्त भएका छन्।

शुक्रबार २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने १८ जनाको निधन भएको थियो।



Leave a Reply

Your email address will not be published. Required fields are marked *