एमबिबिएसको प्रवेश परीक्षा सम्पन्न

हेल्थपोस्ट नेपाल

चिकित्सा शिक्षा आयोगले सञ्चालन गरेको एमबिबिएसको प्रवेश परीक्षा आज सम्पन्न भएको छ।

विहान ९ बजेदेखि शुरु भएको परीक्षा १२ बजेसम्म चलेको थियो।

आयोगले लिने परीक्षा साउन १३ गतेसम्म संचालन हुने आयोगले बताएको छ।

साउन ९ गते एमबिबिएस, १० गते बिडिएस, ११ गते बिएस्सी नर्सिङ, बिएएसएलपी, बि पर्फ्युजन टेक्नोलोजी, साउन १२ गते बिएएमएस, बिएनएस, बिएस्सी एमएलटी, बिएस्सी एमआइटी, बि फार्म, अप्टोमेट्री, बिपिटी र साउन १३ गते बिपिएचको परीक्षा हुने तालिका रहेको छ।

परीक्षामा सहभागि हुन विद्यार्थीहरु ७२ घण्टा अघिको पिसिआर रिपोर्ट सहित उपस्थित हुनु पर्ने प्रवधान राखिएको छ ।

पिसिआर पोजिटिभ भएका विद्यार्थीलाई छुट्टै कोठामा राखेर परीक्षा दिने व्यवस्था समेत आयेगले गरेको छ ।

पाँच दिनसम्म सञ्चालन हुने परीक्षा, काठमाडौंमा २८ केन्द्रहरु तोकिएको थियो भने धरानमा ४ वटा, चितवनमा ४, पोखरामा दुई र नेपालगञ्जमा दुई वटा केन्द्र्र तोकिएको छ।

परीक्षाका लागि विभिन्न विषयमा ३२ हजार ८०० जनाले फारम भरेका थिए ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *