महाराजगन्ज क्याम्पसको प्रमुखमा प्रा.डा अर्जुन लामिछाने

हेल्थपोस्ट नेपाल

त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान( आइओएम) को क्याम्पस प्रमुखमा प्रा.डा अर्जुन लामिछानेलाई जिम्मेवारी दिएको छ।

डीनको सिफारिमा उपकुलपति कार्यलयले डा. लामिछानेलाई क्याम्पस प्रमुखमा साउन ८ देखि लागू हुने गरी नियुक्ती दिएको हो।

क्याम्पसमा प्रमुख डा. प्रताप नारायण साह उमेर हदका कारण आजबाट सरकारी सेवाबाट अवकास प्राप्त गरेका छन्।

हाडजार्नी विशेषज्ञ डा. लामिछाने २ दशक भन्दा बढी समयदेखि आइओएममा कार्यरत छन्।

उनले आइओएमबाट नै अध्ययन गरेका थिए। क्याम्पस प्रमुखको कार्यकाल ४ बर्षको हुनेछ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *