दैनिक ३ हजारको हाराहारीमा संक्रिमत थपिँदै, शुक्रबार १८ को निधन

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा देशभर २ हजार ९७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार १७ हजार ३०८ नमुना परीक्षण गरिएकोमा २ हजार ९७७ जनामा संक्रमण देखिएको छ।

सोही अवधिमा कोरोनाको संक्रमणबाट १८ जनाको निधन भएको छ।यो सँगै नेपालमा कोरोनाबाट ९ हजार ६७९ जनाको ज्यान गइसकेको छ।

शुक्रबार देशभर २७ हजार ६६१ सक्रिय संक्रमित छन्। मन्त्रालयको तथ्यांक अनुसार १ हजार ६७८ जना शुक्रबार संक्रमणमुक्त भएका छन्।

यो सँगै नेपालमा ६ लाख ३९ हजार ३६८ जना संक्रमणमुक्त भएका छन्। शुक्रबार ३३५ जना क्वारेन्टाइनमा छन्।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *