अब देखी यी चार अस्पतालबाट खोप कार्ड प्रमाणीकरण हुने

हेल्थपोस्ट नेपाल

सरकारले खोप कार्ड प्रमाणीकरणका लागि अस्पताल थप गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे सचिवस्तरीय निर्णयले शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालसहित निजामती अस्पताल, पाटन अस्पताल र बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा खोप कार्ड प्रमाणीकरण गर्ने व्यवस्था मिलाएको हाे।

टेकु अस्पतालमा मात्र प्रमाणीकरण गर्ने भिड लागेपछि स्वास्थ्य मन्त्रालयले प्रमाणीकरण गर्ने अस्पतालको सङ्ख्या बढाएको हो ।

खोप लगाएको प्रमाणीकरण गर्नका लागि हिजो बिहानदेखि राति अबेरसम्म टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भीड लागेको थियो।

खोप लगाएको १४ दिनपछि बल्ल सम्बन्धित देशले प्रवेशका लागि अनुमति दिने गरेका छन्।

खोप कार्डमा उल्लेखित विवरण अंग्रेजीमा नभरेको, आधिकारिक छाप नभएको र कतिपय ठाउँमा नेपालीमा नाम लेखेको र विवरण नभरी खाली छाडेको छन्, जसले खोप कार्ड प्रमाणीकरण गर्नुपर्ने भएको छ ।



Leave a Reply

Your email address will not be published. Required fields are marked *