कोरोना उपचारमा खटिएका स्वास्थ्यकर्मीको करार अवधी पुषसम्म थपियो

हेल्थपोस्ट नेपाल

कोरोना रोकथाम, नियन्त्रण र उपचारकालागि विभिन्न स्वास्थ्य संस्थामा लिएका कर्मचारीको करार अवधि थप भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विभिन्न अस्पतालमा करारमा नियुक्त गरेका चिकित्सक, नर्स र प्रयोगशाला लगायतका कर्मचारीलाई करार समय थप गरेको हो।

असार २९ गतेको मन्त्रालयको मन्त्री स्तरीय निर्णय अनुसार देशभरका केन्द्रीय १६ अस्पतालका राखिएका स्वास्थ्यकर्मीलाई पौष मसान्तसम्म राख्नको लागि निर्देशन दिएको छ।

मन्त्रालय सचिब स्तरीय निर्णय गर्दै बढीमा ६ महिना सम्म थप्न सकिने निर्णय गरेको हो।

मन्त्रालयको निर्णय संगै कोभिड १९ कोलागि करारमा लिइएका स्वास्थ्यकर्मीको जागिर आगामी पुषसम्मका लागि थप गरिएको छ।

 



Leave a Reply

Your email address will not be published. Required fields are marked *