बिहिबार २७ हजार ३७५ सक्रिय संक्रमित, २४ जनाको मृत्यु

हेल्थपोस्ट नेपाल

पछिल्लो २४ घन्टामा २ हजार ७१४ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरण अनुसार १२ हजार ८२९ नमुना परीक्षणमा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो।

काठमाडौं उपत्यकामा ७५१ जनामा संक्रमण पुष्टि भएको छ।

जसमध्ये काठमाडौंमा ५३६, ललितपुरमा १३० र भक्तपुरमा ८५ जना छन्।

उक्त समयमा देशभरका २४ जनाको कोरोनाबाट मृत्यु भएको मन्त्रालयले जानकारी जनाएको छ। यससँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ।

बिहिबार १ हजार २८८ जना संक्रमणमुक्त भएका छन्। हालसम्म ६ लाख ३७ हजार ६९० जना

कोरोना भाइरसको संक्रमणबाट मुक्त भएका मन्त्रालयले जनाएको छ। आज देशभर २७ हजार ३७५ सक्रिय संक्रमित छन्।

मन्त्रालयको अनुसार आज २९१ जना क्वारेन्टाइनमा छन्।



Leave a Reply

Your email address will not be published. Required fields are marked *